लोछार पर्व आज मनाउँदै

माघ ७,काठमाडौं – ‘लो’को अर्थ वर्र्ष तथा ‘छार’ को अर्थ नयाँ गरि लोछारको अर्थ नयाँ वर्ष रहेको छ । तामांङ समुदायले आफनो नयाँ वर्षको अवसरमा धुधामका साथ आज लोछार पर्व मनाउँदै छन् । लेछारको अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ । विशेष गरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हँुदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । उनिहरुको मीठा मीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ ।पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ ।

मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रुपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सो पर्व मनाउने गरिएको जनविश्वास रहेको नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले जानकारी दिनु भएको छ । घेदुङले ल्होसारको अवसरमा आज तामाङ समुदायले विभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै छन ।
सयैविच प्रधानमन्त्रि सुशील कोइरालाले तामाङ समुदायको महान् धामिर्क तथा सांस्कृतिक पर्व सोनाम ल्होसार र नववर्र्ष २८५१ ले सबैका घरघरमा सुख, शान्ति, र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ । यस पर्वको अवसरमा राष्टपति रामबरण यादब, उपराष्टपति परमान्द झा तथा दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।