संविधानसभा प्रतिपक्षीको नाराबाजी आजपनि

माघ ६,काठमाडौं-आज १ बजेका लागी बोलाइएको संविधानसभाको बैठक भर्खर सुरु भएको छ । होजो मध्य एमाओवादीले तोडफोड गरेका कुर्सी मर्मतका कारण आजको बैठक ढिलो गरी सुरु भएको संसद सचिवालयले जनाएको छ । बैठकमा संविधान निर्माणका लागि प्रश्नावली निर्माण समिति गठनको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सभासदहरुले आजपनि नाराबाजी गरिरहेका छन् । तनाबपूर्ण भएको हिजोको अवस्थाबाट आज सहज ढंगले कसरी बैठक सन्चालन गर्ने भन्ने उपायको खोजी भइरहेको बताइएको छ । दलहरुले आफ्नो रणनीति जुटाउन अलग–अलग बैठक गरेका थिए ।