संविधानसभाको बैठक बस्न समय लाग्ने, बन्द ४ बजे फिर्ता हुने

माघ ६,काठमाडौँ- गएराती प्रमुख प्रतीपक्षी एमाओवादी नेतृत्वको मोचाले भाँचेका कुर्सी र माइक बन्न केही समय लाग्ने भएपछि संविधानसभाको बैठक पनि लम्बिने भएकोब छ । भाँचिएका कुर्सी र माइकको मर्मत  गर्न धेरै समय लाग्ने भयो भने फर्निचर बिना नै आजको  बैठक संचालन हुने संसद् सचिवालयले जनाएको छ । प्रतीपक्षको बन्दका कारण पनी बैठकक लम्बिएको बताइएको छ ।

गएराती १ बजेपछि बसेको बैठकमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली निर्माण प्रस्तावसम्बन्धी समिति गठनको प्रस्ताव पेस गर्न नपाउँदै विपक्षी तोडफोडमा उत्रिएका थिए । आक्रमण उत्रिएका उनीहरुले कुर्सी, माईक, जुत्ता लगायतले सत्तापक्षका सभासद्लाई आक्रमण गरेका थिए । त्यस्तै आजको माओवादी नेतृत्वको आब्हानमा गरिएको बन्द ४ बजे पछि खुल्ने बताइएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरेपछि आजको बन्द समापन हुने माओवादीले जनाएको छ ।