पारस खड्का मेरिलेर्वन क्रिकेट क्लबमा

माघ ६,काठमाडौँ -नेपाली राष्ट्रिय  क्रिकेट टोलीका कप्तान टीमका कप्तान पारस खड्का मेरिलेर्वन क्रिकेट क्लबमा चयन भएका छन् । खड्कालाई आगामी मार्चमा इमिरेट्समा हुने ट्वेन्टी(ट्वेन्टी प्रतियोगिताको लागि चयन गरीएको हो । खड्काले आँउदो मार्च २० मा दुवईमा हुने प्रतियोगितामा एमसिसीको तर्फबाट भाग लिनेछन् । त्यस्तै खड्काले लन्काशाएर, योर्कशाएर र सुसेक्समा हुने प्रतियोगितामा पनि भाग लिने एमसिसीले जनाएको छ ।

त्यस्तै क्लबले नेपालका १९ वर्ष मुनिका दुई खेलाडि राजु रिजाल र दीपेन्द्र सिहं एेरीलाई पनि २०१५ को समर हुने एमसिसी योंग क्रिक्रेटरको कार्यक्रममा समावेश गर्ने भएको छ । सन् २०१३ को युवा कार्यक्रममा राजेश पुलामी मगर र नरेश बुधायर सामेल हुन सफल भएका थिए । २०१५ को नोभेम्वरमा एमसिसीले नेपालमा एउटा टूर टीम पनि पठाउने निर्णय गरेको छ ।