बन्दले जनजीवन प्रभावित, एका बिहानै जले राजधानिमा १० ट्याक्सी

माघ ६,काठमाडौं – एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा र नेकपा–माओवादीले गरेको सयुक्त बन्दका कारण देशभरीको जनजीवन प्रभावित भएको छ । काठमाण्डु उपत्यका लगायत देशभरीका शहरहरुको यातायातका साधान चल्न सकेको छैन । काठमाण्डुका विभिन्न ठाउँमा ट्याक्सीमा तोडफोड र आगजनी गरिएको छ । काठमाण्डुको स्युचाटार ट्याक्सीमा पेट्रोल छर्केर आगजनी गरिएको छ । बन्दकर्ताहरु बन्द सफल पर्न भन्दै चोक चोकमा खटिएका छन् । स्कूल, कलकारखाना, पसल सबै बन्द भएका छन् । बन्दका कारण अस्पताल जानुपर्नेलाई सबैभन्दा बढी समस्या भएको छ । काठमाण्डुका  विभिन्न ठाउमा १० वटा ट्याक्सी तोडफोड र आगजनी  गरिएको प्रहरीले जनाएको छ ।

वन्दको अवज्ञा गरेको भन्दै वन्दकर्ताले आज विहानै पुर्वी चितवन खैरहनीको वैरहनीमा एउटा ट्रकमा आगजनी गरेको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत वैरहनीको साईबाबा ग्याँस उद्योग अगाडी वन्दको अवज्ञा गरेको भन्दै उनीहरुले पुर्व तर्फ जाँदै गरेको ना ४ त ८५२३ नम्वरको ट्रकमा आगजनी गरेका हुन् । आगजनी पश्चात वन्दकर्ताहरु भागेका थिए । नेपाल प्रहरी,शशस्त्र प्रहरी र भरतपुरबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । वन्दका क्रममा कुनै अप्रिय घटना नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएपनि वन्दकर्ताले ट्रकमा आगजनी गरेका हुन् । प्रत्येक चोक चोकमा नेपाल प्रहरी र शशस्त्र प्रहरी खटिएका छन् । वन्दका कारण राजमार्गमा गाडी चल्न सकेका छैनन भने वजार पसल,शैक्षिक संस्था,कलकारखाना लगायत सम्पूर्ण  ठप्प छ ।

त्यसै एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा(माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवादी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरेको बन्दले संयुक्त आह्वान गरेको नेपाल बन्दको असर काभ्रे सहित राजधानी पूर्वका जिल्लाहरुमा आज विहानै देखि परेको छ । बन्दका कारण अरनिको र बीपी राजमार्गमा यसअघिका बन्दभन्दा बढी सुनसान देखिएको छ । सावरी साधन सञ्चालन नहुदाँ अरनिको राजमार्ग अन्तर्गत काभ्रेभएर सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा र बीपी राजमार्ग भएर धुलिखेल–सिन्धुली हुदैँ माथिल्लो सरगमाथा क्षेत्रका जिल्ला र तराईका जिल्ला तर्फ जाने र राजधानी भित्र्ने यातायात चल्न सकेका छैन्न् ।

दाङमा पनि एमाओवादी नेतृत्वको संयुक्त जनआन्दोलन संयोजन समिति दाङले गरेको बन्दको प्रभाव विहानै देखि दाङमा परेको छ । शिक्षण संस्था,कलकारखाना, उद्योग व्यपाार , याताायत सबै ठप्प छन् । अत्यावसकिय सवारी साधनहरु भने संचालनमा आउन दिने वन्दकर्ताले बताएका छन् ।