राज्यको लापरबाहीले सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल सुनसान

माघ , डडेल्धुरा- सुदूरपश्चिमको सबैभन्दा ठूलो मानिने डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल बिरामी नभएर अहिले सुनसान भएको छ । २२ जना एमबीबीएस चिकित्सक दरबन्दी रहेको अस्पतालमा दुईजनाले मात्र सेवा पु¥याइरहेको र भरपर्दो प्राविधिक जनशक्ति नहुँदा अस्पताल अस्तब्यस्त बनेको हो । राज्यले आवश्यक जनशक्ति र प्रविधिमा ध्यान नदिएपछि सर्वसाधारण समस्यामा परेका छन् । साधारण उपचारका लागि पनि डडेल्धुराबासीहलाई अहिले अन्यत्र जानुपर्ने बाध्यता छ । एचडीसीएस नामक गैरसरकारी संस्थाले सन्चालन गरेको अस्पतालको सेवाबाट असन्तुष्ट भइ तीन महिना लामो आन्दोलेपछि डडेल्धुराबासी आफैले २०७० साल आषाढ १ गते अस्पताल स्थापना गरेका थिए । कुनैबेला दैनिक तीन सय बिरामीको उपचार गर्ने अस्पतालमा अहिले ५० जना बिरामी धौ–धौ पुग्ने गरेको अस्पतालका चिकित्सक डा. प्रभात सिंह राजपुतले जानकारी दिनुभयो । अस्पतालका ५० शैयाहरु पनि खाली रहेको र आइसीयु र एनआइसीयु सन्चालन गर्न निर्माण गरिएको भवनसमेत प्रयोगविहीन बनेको उहाँले बताउनु भयो ।