कक्षा ११ को नतिजा प्रकाशित नियमित तर्फ ४७.२६ प्रतिशत उत्तीर्ण

माघ ५,काठमाडौँ – उच्च माध्यामिक शिक्षा परिषद्द्वारा सञ्चालित कक्षा ११ को परीक्षाफल सोमवार प्रकाशित भएको छ ।

उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमी भक्तपुरले प्रकाशित गरेको नतिजा अनुसार नियमित तर्फ ४७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गएको १ जेठदेखि १२ गतेसम्म भएको परीक्षामा देशभरबाट तीन लाख ८३ हजार चार सय तीनजना परीक्षार्थी सहभागी थिए ।