प्रधानमन्त्री र बोडेबीच भेटघाट

माघ ५,काठमाडौँ –प्रधानमन्त्री सुशील कोइराला र नेपालकालागि अमेरिकि राजदुत पिटर डब्लु बोडेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कोईरालाई भेट्न राजदुत बोडे विहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । भेटमा राजदुत बोडेले संविधान लेखनमा भएका प्रगतिबारे चासो राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्री कोईरालाले माघ ८ मै संविधान जारी हुने विश्वास दिलाउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सो अवसरमा बोडेले ‘प्रधानमन्त्री कोइरालाको नेतृत्वमा संविधान जारी होस्’ भनी शुभकामना समेत दिनुभएको थियो । सहमतिमा संविधान ल्याए आम नेपालीको हीत हुने सल्लाह पनि बोडेले दिएको बताइएको छ । बोडेले संविधान जारी भएपछि अमेरिकी सहयोग बढ्ने विश्भकउलवाससमेत दिलाउनुभएको छ ।