निर्णायक सहमतिको लागि नेताहरु वार्तामा

माघ ५,काठमाडौँ – संबिधानका अन्तरबस्तुमा सहमति गर्न प्रमुख तीन दलको निर्णायक बैठक अहिले बसिरहेकोृ छ । संबिधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा विवादित चार मुख्य विषयमध्ये संघियताका बारेमा छलफल भईरहेको बताइएको छ । हिजो सहमति नजिक पुगेको दाबी गरेका दलहरुले आज संघीयताको बिषयमा निर्णयक छलफल गर्न लागेको जनाएको छ । हिजो एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयतामा कांग्रेस–एमाले लचिलो बन्ने र अन्य बिषयमा फरक मत राखेर एमाओवादीले संबिधान निर्माणमा अवरोध नगर्ने बताउनुभएको थियो । चारदलको संयुक्त बैठकअघि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीवीच छुट्टै छलफल भएको थियो । छलफलमा प्रदेशको संख्या र नामको बारमा कुराकानी भएको जनाएको छ ।

यसअघि जातीय पहिचान झल्किने नामको अडान राख्दै आएको एमाओवादीले मिश्रित नाम राख्ने र ६ प्रदेश मान्ने संकेत दिएको श्रोतको भनाइ छ । प्रदेशको नाम राख्ने अधिकार प्रदेशसभालाई दिने हकमा भने ९ प्रदेशमा जानुपर्ने एमाओवादी प्रस्ताव छ । यसबारे दाहालले संविधानसभा भवनमै मधेसी मोर्चासग छलफल गरेका थिए । कांग्रेस र एमालेले सम्बद्ध प्रदेशसभालाई नाम राख्न दिने गरी ६ प्रदेशमा सहमति गर्न आग्रह गरेका थिए ।
दलहरुबीच आज पूर्वका झापा, मोरङ र सुनसरी जिल्लालाई केन्द्रशासित प्रदेशअन्तर्गत राख्ने तथा पश्चिमका कैलाली र कञ्चनपुरलाई पहाडसग मिलाउने वा तराईमा राख्ने भन्नेमा छलफल केन्द्रित भईरहेको बताइएको छ ।