बन्दको बिरोधमा पोख्रेली सडकमा

माघ ४,पोखरा-  बन्द, हडतालले आक्रान्त बनेका पोखरेली उद्योगी–व्यवसायी सडकमा उत्रिएका छन् । पछिल्लो समय संविधान जारी गर्ने निर्धारित मिति माघ ८ नजिकिँदै गर्दा विभिन्न दलले बन्द, हडताल सुरु गरेपछि निजी क्षेत्रको ब्यापार ब्यबसाय चौपट बनेको भन्दै उनीहरुले बन्द नर्गन चेतावनी दिँदै सडकमा उत्रिएका हुन् ।  बन्दले उद्योग–व्यवसाय तहसनहस भएको भन्दै पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा आइतबार ‘बन्द सधैंका लागि अन्त्य’ गर्न आह्वान गर्दै विशाल र्‍याली निकालिएको हो । उद्योग वाणिज्य संघको कार्यालय गैह्रापाटनबाट सुरु भएको र्‍याली महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक, न्यूरोडलगायतका स्थानको परिक्रमा गरी मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।