कछुवासहित चितवनबाट ४ जना पक्राउ

माघ ४,काठमाडौँ -प्रहरीले कछुवा सहित ४ जनालाई पक्राउ गरेको छ । चितवन प्रहरीले अवैध वन्यजन्तुको कारोबार गर्ने उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले रत्ननगर नगरपालिका अमेलियाबाट कछुवासहित नियन्त्रणमा लिएका ४ जनालाई आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं–१२ का लखन दराई, वडा नं–८ का रघुनाथ नेपाली, वडा नं–१४ का गौतम महत र रुकुम बाकीकोट गाविस वडा नं–८ का समीर देवकोटा छन् ।

ओसारपोसार गर्न प्रतिबन्धित कछुवालाई लखन दराईको घरमा राखेर ९० लाखमा बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीले कछुवासहित ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।