जनतालाई ढाँट्नु हुँदैन, माघ ८ मा संविधान आउँदैन : नेपाल

माघ ४,रौतहट-नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान आउँछ भनेर जनतालाई ढाट्न नहुने बताएका छन् । हालसम्म मस्यौदा शुरु नभएको हुँदा माघ ८ मा संबिधान आउने कुनै लक्षण नदेखिएको उनले खुलासा गरेका हुन् । अझैपनि आफूहरु माघ ८ मै संबिधान ल्याउनु पर्छ भन्ने पक्षमा रहेको बताउँदै एमाओवादी र मधेसवादीहरु यस कार्यमा बाधक बनेको नेता नेपालले आरोप लगाए । नेपाल निजामति कर्मचारी संगठन अर्थ विभागीय केन्द्रीय कार्य समितिले आज रौतहट जिल्लाको हर्षाहामा शितलहर पीडित नागरिकलाई कम्बल वितरण गर्न आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले यस्तो कुरा बताएका हुन् ।