बेमेलका कारण निष्कर्ष बिहिन छलफल

माघ ४,काठमाडौँ-संविधानका बिाबादित बिषयमा सहमति जुटाउन आज बसेको शीर्ष ३ दल र मधेसी मोर्चाको बैठक निष्कर्ष विहिन बनेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज दिनभरि जसो चलेको शिर्ष नेताहरुको बैठकले विवादित कुनैपनि बिषयमा सहमति जुट्न नसकेको काँग्ैस महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिए । नेता सिटौलाका अनुसार संबाद समितिको प्रतिवेदनमाथि आज संविधानसभामा छलफल सकिएकोले संविधान निर्माण प्रक्रियालाई अब कसरी अगाडी बढाउने भन्नेमा दलहरुवीच विमति रहेको छ । संविधानसभालाई कसरी विजनेश दिने, विवादित बिषयलाई फेरि सहमतिका लागि संबाद समितिमै फर्काउने कि प्रश्नावली बनाउन छुट्टै समिति गठन गर्ने लगायतको बिषयमा शिर्ष नेताहरुले छलफल गरेका हुन् ।