नेदरल्यान्डले नेपाललाई दियो १ सय ५९ रनको चुनौती

माघ ४,काठमाडौँ-नामिबियामा जारी  आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ अन्तर्गतका दोश्रो खेलमा नेपालले नेदरल्याण्डबाट १५९ रनको चुनौती पाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्याण्ड्सले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५८ रन जोड्न सफल रह्यो । नेदरल्याण्डका रिपुनले सर्वाधिक ५३ रन , माइबर्गले ३६, बुकारीले १९ रन जोड्न जोड । नेदरल्याण्डस्लाई सस्तैमा समेट्न नेपालका लागि शक्ति गौचन, बसन्त रेग्मी, कप्तान पारस खड्का र सोमपाल कामीले समान २–२ विकेट लिए । पहिलो खेलमा हिजो युगाण्डासँग २ रनले पराजित नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । नेपालले भर्खरै जवाफी ब्याटीगं थालेको छ ।