चार्लि हेब्डोका कारण जातिय द्धन्द बढ्ने संकेत

काठमाडौँ-नाईजेरियामा जातिय सद्भाव भड्किएको छ । राजधानि नाईजरमा मुस्लीम समुदायका मानिसहरुले क्रिष्चीयन समुदायले पुजा पाठ गर्ने ६ ओटा चर्चमा आगो लगाईदिएका छन् । फ्रान्सको व्यङग्य पत्रिका चार्लि हेब्डोले मुस्लीम समुदायका धर्मगुरु प्रोफेट मुहम्मदको कार्टुन छापेपछि आक्रोषीत भएकाहरुले क्रिष्चीयनको चर्चमा आक्रमण गरेका हुन् । आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको छ । मृतक मध्य २ जनाको जलेको शरिर चर्चमा र अन्य एकलाई रेष्टुरेण्टको बारमा फेला पारेको बिबिसीले जनाएको छ । ईस्लामिक चरमपन्थीहरुले फ्रान्स स्थित चार्लि हेब्डो पत्रिकामाथि आक्रमण गरेर सम्पादक सहित १२ जनाको हत्या गरेका थिए । आक्रमण पछि निस्कीएको पत्रिकामा म पनि चार्लि हुं भन्ने धर्मगुरु मुहमदको व्यङग्य चित्र छापिएको थियो । त्यसपछि बिश्वभरका मुस्लीमहरुले पत्रिकाको बिरोध गरिरहेका छन् ।