पुर्व निर्धारित समय अघि नै सहमतिको साझा दस्तावेज आउने

माघ ४,काठमाडौँ-अघिल्लो संविधानसभाको अप्रत्याशित विघटन भएपश्चात् दोश्रो संविधानसभाले निर्धारित समयमा नै संविधान दिने आशा गरेका जनतालाई विश्वस्त पार्न भन्दै दलहरुले माघ ८ अभि नै संविधानको मस्यौदा दिने बताएका छन् । शनिबार र आइतबारका विभिन्न चरणका छलफलबाट यस्तो निष्कर्षका नजिक पुगेको विपक्षी नेताहरुले बताएका छन्। त्यस्ते  सहमति अनुसार नै माघ ८ अघि प्रक्रियामा जाने विश्वास बढेको सत्तारुढ दलका नेताहरुको भनाई छ। संविधानका विवादित विषयहरुमध्ये न्याय र निर्वाचन प्रणालीमा मोटामोटी सहमति बनिसकेको नेताहरुले बताएका छन्।

यद्यपी निर्वाचन प्रणालीतर्फ मिश्रित प्रणालीमा जाने सहमति भएको भएपनि समानुपातिक र प्रत्यक्षतर्फ कति कति प्रतिशत राख्ने भन्ने विषयमा सहमति हुन बाँकी रहेको बताईएको छ। राज्यको पुनर्संरचना र शासकीय स्वरुपबारे पनि सकारात्मक छलफल भईरहेको एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले बताए । खासगरी राज्य पुनर्संरचनाको विषयमा छलफल बढी केन्द्रित भएको नेताहरुले बताएका छन्। एकीकृत माओवादी सहितको मोर्चाले १० प्रदेशको खाका प्रस्तुत गरेको छ भने कांग्रेस-एमालेले ७ प्रदेशको खाका प्रस्तुत गरेका छन्।