रु ५ संकलन अभियानबाट अपाङग आश्रमलाई सहयोग

माघ ४, बुटवल – सामाजीक सञ्जाल ट्वीटर प्रयोकर्ता युवाहरुले सञ्चलन गरेको रु ५ संकलन अभियानको ११ औं कार्यक्रम अन्र्तगत नेपाल अपांग आश्रमलाई सहयोग हस्तान्तरण गरिएको छ । ट्वीटर प्रयोगकर्ता युवाहरुले आईतबार वुटवल देविनगरमा एक कार्यक्रममा विच नेपाल अपांग आश्रमलाई सहयोग हस्तान्त्रण गरेका हुन ।

सामाजिक सेवा गर्ने उद्देश्यले युवाहरुले समाजिक सञ्जालमा मार्फत संकलन गरेको रकमबाट १ हजार लिटर खानेपानी ट्याङकी, ९ थान ब्लाङकेट, २० मिटर फर्म लगायतका सामाग्री प्रदान गरिएको हो । आश्रममा रहेका करिब २५ जना असहायलाई चिया खाजा पनि बितरण गरिएको छ । अभियान्ता भरत सापकोटाका अनुसार आफुले अफ्नो जिम्मेवारी बहन गरियो भने समाज परिवर्तन हुने र अभाव मेटिने भन्दै अभियान थालीएको जनाइएको छ । अभियान अझै निरन्तर जारी राखिने उहाँले बताउँनु भयो ।