चेल्सीद्धारा स्वान्सी सिटी पराजित

माघ ४,काठमाडौँ-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्वान्सी सिटीलाई पराजित गरेको छ । लिग लिडर चेल्सीले स्वान्सी सिटीलाई उसैको मैदानमा ५–० ले हराएको बिबिसीले जनाएको  छ । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोस्टा र अस्करले दुई–दुई गोल तथा आन्द्रे श्रुलले एक गोल गरे । शनिबार रातिको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्विन्स पार्क रेन्जर्स ९क्युपीआर०लाई २–० ले हरायो । यसैगरी, लिभरपुलले एस्टन भिल्लालाई २–० ले हरायो । लिभरपुलका लागि फाबियो बोरिनी र रिकी लाम्बर्टले एक–एक गोल गरे ।