आजदेखि हप्तामा ७५ घण्टा लोडसेडिङ

माघ ४,काठमाडौं-नेपाल विद्युत प्राधिकरणले आजदेखि हप्तामा ७५ घण्टा बिजुली कटौती गर्न शुरु गरेको छ । प्राधिकरणले सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टाको दरले बिजुली कटौती सुरु गरेको हो । यसअघि हप्तामा हुँदै आएको ७० घन्टाबाट लोडसेडिङ ५ घन्टा बढाएर ७५ घण्टा पु¥याइएको तालिका प्राधिकरणले दुई दिनअघि नै सार्वजनिक गरेको थियो । गत पुस २ गते लोडसेडिङ बढाएको प्राधिकरणले महिना दिनको अन्तरालमा फेरी बढाउँदा विद्युत प्रयोगकर्ता मर्कामा परेका छन् । सुक्खायाम सुरु भएको, बिजुलीको माग बढेको र मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि पूर्ण रुपमा बन्द गर्नु परेकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।