पेट्रोलीयम पर्दाथको भाउ फेरी घट्यो

माघ ४,काठमाडौं-पछिल्लो समय थोरै भए पनि ओरालो लागेको पेट्रोलियम पदार्थको भाउ फेरि घटेको छ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २ –२ रुपैया घटाएको जनाएको छ । निगमका अनुसार नयाँ मुल्य आइतबार बिहान १० बजेदेखि नै लागु भएको छ । अब पेट्रोल लिटरको १ सय ११ रुपैँया ५० पैसा पर्नेछ भने डिजेल र मट्टितेललाई ८८ रुपैँया तिर्नुपर्ने प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थको मूल्य घटेको यो सातौ पल्ट हो । यसअघि पुस १८ गते पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेल तथा मटितेलमा २ रुपैयाँ घटाएको निगमले आज फेरि घटाएको हो ।