माघ ३, काठमाडौं -राजधानीमा मत्स्य सम्मेलनको आयोजना हुने भएको छ । माघ महिनाको १६, १७ र १८ गते मत्स्य समाजको राष्ट्रिय सम्मेलन आयोजना हुने मत्स्य समाजले जनाएको छ । मत्स्य व्यवसायलाई लगानीमैत्री उद्योगका रुपमा विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनमा मत्स्य अनुसन्धान, विकास तथा शिक्षासम्बन्धी २० वटा कार्यपत्र प्रस्तुत गरिने आयोजकले बताएका छन् । कृषि उपभोक्ता डबलीमा ३ माघमा आयोजित पत्रकार सम्मेलनमा मत्स्य विकास निर्देशक रमानन्द मिश्रले सम्मेलनमा ५० कक्ष समावेस गरिने जानकारी दिए । नेपाल मत्स्य समाज, नेपाल मत्स्य व्यवसायी सङ्घ, नेपाल सरकार, मत्स्य विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० लगायतका संस्थाको संयुक्त सक्रियतामा उक्त महोत्सव आयोजना हुन लागेको हो । विभिन्न २५ जिल्लाका मत्स्य व्यवसायीले चेतनामूलक १०, व्यवस्थामूलक २० र परिकारमूलक २० कक्ष सम्मेलनमा प्रदर्शन गर्नेछन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी