नेपालले आज नेदरल्याण्ड्ससँग भिड्ने

माघ ४, काठमाडौं-नेपालले आज डिभिजन २ क्रिकेट अन्र्तगत नेदरल्याण्ड्ससँग भिड्दैछ । नामिबियासँगको नेपालको खेल दिउँसो सवा १ बजे नामिबियाको विन्डहकमा सुरु हुनेछ । हिजो युगाण्डासँग पराजीत भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । गएको वर्ष विश्वकप क्रिकेटको छनोट खेलमा सातौ स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग ७ विकेटले पराजित भएको थियो । हिजो भएको पहिलो खेलमा नेपाल युगाण्डासँग २ रनले पराजित भएको थियो ।