सत्तासाझेदारको लचकतामा चार पक्षीय बैठक, के होला त सहमती ?

माघ ३, काठमाडौं शीर्ष  तीन राजनीतिक दलसहित मधेसी मोर्चाबीच आज भएको छलफलमा मुख्य बिबादित विषयमा छलफल भएको छ । पछिल्लो समय सहमतिको अन्तिम बिन्दुको मुखैमा पुगेको भन्ने तर असहमति ज्यूका त्यु नै रहृका बेला आज मुख्य बिबादित भनिएका शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा नेपाली कांग्रेस र नेकपा एमालेले लचकता देखाएका छन् । सत्तासाझेदारले आफूले विवादित तीन विषयमा लचकता अपनाएको भन्दै संघीयताको विषयमा एमाओवादी लचक भए अब सहमतिबाट संविधान बन्न सक्ने बताएका छन् । संविधानसभामा बसेको बैठकमा सत्तारुढ पार्टी कांग्रेस र एमालले यी तीन विषयमा लचकता देखाएका हुन् । संघीयताको विषयमा भने प्रतिपक्षी दल एकीकृत माओवादीलगायत मधेसवादी दलहरुले लचकता देखाउनुपर्ने अनिमात्र सहमति हुनसक्ने सत्तारुढ दुबै दलको भनाइ छ । संविधानको अन्र्तवस्तुमा पछिल्लो समय दलहरुबीच निरन्तर वार्ता भइरहेपनि सहमति भने जुट्न सकेको छैन । प्रतीपक्ष र सत्तासझेदार बिच भोली पनि बिस्तृतमा छलफल हुने र निष्कर्ष निकालीने बताइएको छ ।