माघ ८ मा संविधान जारी नभए के हुन्छ ? दुर्घटना !

माघ ३,काठमाडौं – दलहरुले पुर्वनिर्धारण गरेको मिति माघ ८ पछिल्लो समय चर्चामा छ । माघ ८ गतेभित्र संविधान जारी गर्न नसके देशमा के हून्छ ? झुण्ड झुण्डले आफै अर्थमा अथ्र्याइरहेका बृला  कतिपयले भने मुलुक दुर्घटनामा फस्ने दाबी एक कार्यक्रमका सहभागीहरुले गरेका छन् । बौद्धिक वृत्त नेपालले शनिबार राजधानीमा आयोजना गरेको अन्र्तक्रियामा सहभागीहरुले संविधान जारी गर्ने समयसीमा नजिकिँदै गएपनि दलहरु अझै संविधान लेखनतर्फ अग्रसर हुन नसकेको गुनासो गरे । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोध प्याकुरेल, बौद्धिक वृत्त नेपालका अध्यक्ष भरतराज पोखरेललगायतले दलहरु अझै पनि निष्कर्षमा पुग्न नसक्नुले देशमा अन्योल बढेको बताए ।