नेपाल र युगान्डा बिच नामिबियामा खेल सुरु हुँदै,पारसले भने खेल जितेर फर्किन्छौँ

माघ ३, काठमाडौँ-नामिबियामा आजबाट सुरु हुन लागेको आइसिसी विश्व लिग क्रिकेट डिभिजन टु को पहिलो खेल खेल्नु अघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले छोटो प्रतिक्रिया दिदै खेल जितेर स्वदेश फर्किने बताएका छन् ।  संचारकर्मीसँग कुराकानी गर्दै कप्तान खड्काले भने हाम्रो तयारी राम्रो छ हामी डिभिजन २को उपाधि जितेर नेपाल फर्किन आतुर छौँ । नेपालले डिभिजन २ को पहिलो खेलमा अहिले  युगान्डाको सामना गरिरहेको छ । आजबाट नामिबियाको विन्डोहोक मैदानमा दिउँसो सवा १ बजेबाट आइसिसी डिभिजन दुई प्रतियोगिताको सुरुवात भएको छ ।

केही महिना अघि आइसिसी विश्व लिग क्रिकेट डिभिजन ३को उपाधि नेपाल भित्राएको नेपाल डिभिडन ३ को उपविजेता युगान्डासँगको पहिलो खेलमा भिड्न लागेको हो । यो नेपालको डिभिजन २ मा दोस्रो सहभागिता हो । नेपालले यस यसअघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन ३ मा पनि नेपालले युगान्डालाई नै फाइनल खेलमा ६ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

नेपालले आजको खेलमा समेत आफ्नो जित सुनिश्चित भएको आत्माविश्वास लिएर मैदान उत्रदै छ । क्रिकेट इतिहासमा नेपाल र युगान्डा ५ खेल भएका छन् । जसमा नेपालका पक्षमा ३ र युगान्डाको पक्षमा २ खेल परेका छन् । डिभिजन २को प्रतियोगितामा नेपालसहित युगान्डा, नेदरल्यान्ड्स, आयोजक नामिबिया, केन्या र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् ।