छुरा प्रहारबाट घाइते एमाले नेताको ग्राण्डीमा उपचार सुरु

माघ ३, काठमाडौँ-एमाले कार्यकता सन्तबहादुर नेपालीलाई छिमेकीको छुरा प्रहार गरेपछि उपचारका लागी उनलाई काठमाडौँ ल्याइएको छ । नेकपा एमाले गोरखाका जिल्ला कार्य समिति सदस्य आरुआर्वाङका नेपाली गम्भीर घाइते भए पछि जिल्लामा उपचार नहुनेदेखिए पछि काठमाडौँ ल्याएको स्थानीय एमाले नेताले जनाएका छन् । माघी मेला हेरेर फर्कने क्रममा शुक्रवार बिहान ६ बजे स्थानीय ४० वर्षका ताराबहादुर खड्काले छुरा प्रहार गरेको आरुघाट इलाका प्रहरी कार्यालयका इन्सपेक्टर रविन्द्र खनालले बताए। घाइते नेपालीको टाउको र मुखमा गम्भीर चोट लागेकाले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार थालीएको छ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष विशेश्वर कट्टेलले एक विज्ञप्ती जारी गर्दै जिल्ला सदस्य नेपालीमाथि भएको आक्रमणको भर्त्सना गर्दै कारवाहीको माग गरेका छन्। गैर सरकारी संस्था महासंघ गोरखाका पनि सदस्य रहेका नेपालीलाई आक्रमण गर्नेलाई हदैसम्मको कानुनी कारवाही गर्न गैसस महासंघ गोरखाका अध्यक्ष काजिराम रोकाले बिज्ञप्ती जारी गर्दै माग गरेका छन्। छुरा प्रहार गर्ने खड्का र उनले प्रहार गरेको छुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।