हेटौंडा आउँदै गरेको टाटासुमो दुर्घटनामा ४ को मृत्यु, ८ जना घाइते

माघ २,हेटौंडा- काठमाडौंबाट हेटौंडा आउँदै गरेको टाटासुमो जिप भीमफेदी–कुलेखानी सडकखन्डको जुरीखेत–८ मा शुक्रबार दिउँसो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

ना१ज ४२७५ नम्बरको टाटासुमो सडकबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो । मृत्यु हुनेमा हेटौंडा चौघडा–६ का निराजन चौलागाइँ, हेटौंडा, पदमपोखरीका यागेश तामाङ र कैलाली घर भइ सुर्खेतमा नेपाली सेनामा कार्यरत डम्बरबहादुर राउत रहेका छन् ।

एक मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।