प्रहरी हस्तक्षेपको विरोधमा आन्दोलन गर्दै जनजाती

माघ ३, काठमाडौं-पद्मरत्न तुलाधर नेतृत्वको  आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । पहिचान सहितको संघीयताको माग गर्दै भएको आमसभामा प्रशरीले हस्तक्षेप गरेपछि आन्दोलनका कार्यक्रमहरु अझ सशक्त गर्ने आदिवासी जनजाति नेताहरुले बताएका छन् । प्रहरीको हस्तक्षेपको विरोधमा आज पनि  विभिन्न स्थानबाट विरोध जुलुस निकाल्ने तयारी गरेको छ। समितिका पद्मरत्न तुलाधरले बोलिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपको क्रममा ९ जना आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरीको लाठीचार्जबाट गम्भीर घाइते भएका पवन गुरुङ्ग, नामेसिंह आबुहाङको काठमाडौंको मोडेल अस्पताल र एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले नेवा स्वायत्त राज्य संघर्ष समितिका सचिवालय संयोजक मल्ल के सुन्दरलाई दुव्र्यवहार गरेको समितिले जनाएको छ ।