अष्ट्रेलियामा बस्ने बलामीले गरे शैक्षिक सामाग्री वितरण

माघ २ ,मकवानपुर – चित्लाङ माझगाउँ घर भई हाल अष्ट्रेलियामा बस्ने बिजय बलामीले स्थानीय विद्यालयलाई रु १० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेका छन् । बलामीले चित्लाङको महालक्ष्मी प्रावि र क्लिप्टन एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई ‘विद्यार्थीका लागि ए टु जेड खुराक’ नामक पुस्तक, कपी र कलम सहयोग गरेका हुन । अभिभावक र विद्यार्थीहरुलाई लक्षित गरेर लेखिएको उक्त पुस्तकमा विद्यार्थीले राम्रो नतिजा ल्याउन कसरी पढ्ने, व्यक्तित्व विकास कसरी गर्ने, अभिभावकहरुले के के कुरामा ध्यान दिने भन्ने विषयवस्तुहरु समेटिएका छन् ।

चित्लाङमा आज सम्पन्न क्षेत्रियस्तरीय भलिवल प्रतियोगिता कार्यक्रममा उक्त सहयोग बिजयका बाबु बुद्धिलाल बलामीले स्थानीय स्वचन्द्ध भैरव युवा क्लवमार्फत विद्यालयलाई हस्तान्तरण गरेका हुन । विद्यार्थीलाई सहयोग गर्न पाउदा खुसी लागेको वताउँदै बलामीले पुस्तक किनेर पढ्न नसक्ने विद्यार्थीले पनि ज्ञानगुणका कुरा सिकुन भन्ने उद्देश्यले सहयोग गरेको वताउनु भयो ।