प्रधानमन्त्रीलाई फकाउदै प्रचण्ड

माघ २,काठमाडौँ-राजनीतिमा प्रचण्डलाई मान्नै पर्छ । उनी एक सफल कुटनीतिज्ञ पनि हुन भनिन्छ । कहिले के त कहिले के नयाँ तिकडम अपनाइरहने एमाओवादी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड अहिले फेरी प्रधानमन्त्री सुशील कोइरालालाई फकाउनमा ब्यस्त छन् । सत्तापक्ष र प्रतिपक्षको दुरी बढीरहेको भनीएका बेला आज बिहान प्रचण्ड सुटुक्क कोइरालालाई भेट्न पुगे । प्रधानमन्त्री कोइरालालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष दाहालले संविधान निर्माण प्रक्रियामा सहमतिकै आधारमा अघि बढ्नुपर्ने आग्रह गरेको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । जवाफमा प्रधानमन्त्री कोइरालाले आफू सहमतिको विरोधी नभएको बताउँदै संवैधानिक–राजनीतिक सहमति तथा संवाद समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउनका लागि सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका छन् ।