कारवाहीमा दुई संदिग्ध विद्रोहीको मृत्यु

एजेन्सी-बेल्जियममा इस्लामवादी विद्रोहीविरुद्ध लक्षित एउटा ुमहत्वपूर्ण प्रतिआतंकवाद कारवाहीु गरिएको अधिकारीहरुले बताएका छन्। पूर्वी शहर विर्विएमा सिरियाबाट फर्केका संदिग्ध इस्लामवादी विद्रोहीहरु विरुद्ध गरिएको लक्षित कारवाहीमा दुई संदिग्ध विद्रोही मारिएका छन्। त्यसक्रममा एकजना पक्राउ परेको अधिकारीहरुले बताए। उनीहरुका अनुसार प्रहरीलाई ताकेर स्वचालित हतियारबाट गोली चलाएपछि जवाफी कारवाही गरिएको थियो।  खोजीका क्रममा केही संदिग्धहरुले तत्कालै प्रहरीको विशेष दस्तालाई लक्षित गरि स्वचालित हतियारबाट गोली प्रहार गरेका थिए ।  पछिल्लो घटनापछि बेल्जियममा आतंकवादी हमला हुन सक्ने भन्दै सतर्कता बढाइएको छ।  तर अहिले पूर्वी बेल्जियमको अवस्था पुनस् शान्त भईसकेको अधिकारीले बताएका छन्। अभियोजनकर्ता एरिक भान डेर सिप्टले विर्विएमा आतंकवादी आक्रमण गर्ने जानकारी अधिकारीहरुले पहिले नै पाइसकेको बताए। उनले भने, ूखोजीका क्रममा केही संदिग्धहरुले तत्कालै प्रहरीको विशेष दस्तालाई लक्षित गरि स्वचालित हतियारबाट गोली प्रहार गरेका थिए।ू प्रहरीतर्फ कुनै क्षति नभएको बताईएको छ। संघीय अधियोजनकर्ताको कार्यालयको भनाईमा संदिग्ध व्यक्तिहरुले केही घण्टाभित्रै प्रहरी चौकी वा अधिकारीहरुविरुद्ध ठूलो आतंकवादी आक्रमण गर्न सक्ने संभावना थियो। बिबिसी