संविधानसभामा सत्तापक्ष र प्रतिपक्षीको जुहारी

माघ २ , काठमाडौं-संविधानसभाको शुक्रबारको बैठक सत्ता पक्ष र प्रतिपक्षीबिच छेडछाड र घोचपेचमा सिमित बनेको छ । दुवैपक्षका नेताहरु एक पछि अर्को गर्दै सवाल जवाफमा उत्रिएका छन् । बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब बुलेटबाट होइन व्यालेटबाट समस्याको समाधान खोज्नु पर्ने बताए । उनले संविधानसभामा आफ्नो धारणा राख्दै हामी निर्णय गर्न सकेनौं सदनले निर्णय गरेर अगाडि बढ्न आग्रहअ गरेका छन् ।

पौडेलले ६०१ को पनि विवेक र निर्णय गर्ने अधिकार भएको उल्लेख गर्दै त्यसलाई उपेक्षा गरेर आन्दोलनको बलमा त्यसलाई अंकुश लगाउने काम र आन्दोलनमा लागेर यत्रो संविधानसभालाई कुखुराले चिथोरे जस्तै चिथोर्ने काम भएकोप्रति आक्रोश व्यक्त गरे पछि माओवादीका बरिष्ठ नेता बाबुराम भट्राइले त्यसलाई प्रतिबाद गरेका छन् ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले कुखुरा जस्तो भुइँमा आर्लिएर खोस्रने काम नगरी चिल जस्तो माथि उठेर निकास दिन पर्ने बताए । सभापति भट्टराईले मुलुकलाई यतिबेला ऋषिमन भएको नेता चाहिएको बताउँदै त्यस्तो नेताको अभावमा अहिलेको समस्या देखिएको बताए । संवाद समितिको प्रतिवेदन पेश गर्दै भट्टराईले एकअर्काप्रति दाउपेच गरेर होइन, कसरी निकास दिन्छौं भनेर जनतालाई विश्वास दिलाउनुपर्नेमा जोड दिए ।