बहुमत सभासदले बुझाए सभाध्यक्षलाई हस्ताक्षर

माघ २, काठमाडौं-संविधान जारी गर्ने मितिको अन्योलता कायमै रहेका बेला संविधान निर्माणको प्रक्रिया तत्काल थाल्न आग्रह गर्दै संविधानसभाका बहुमत  सभासदहरुले आफ्नो हस्ताक्षर सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद चित्रबहादुर केसीको नेर्तत्वमा संविधानसभाका ४ सय १३ सभासदहरुले निर्धारित समयमै संविधान जारी गर्नुपर्ने माग गर्दै  संयुक्त हस्ताक्षर बुझाएका नेम्वागंलाई बुझाएका हुन् । उनीहरुले भरसक छिटो भन्दा छिटो सहमती, सहमति नभए तत्काल प्रक्रिया थाल्नुपर्ने माग गरेका छन् ।

नेकपा माओवादी सहित साना तिना दल गरेर अल्पमतमा परेका माओवादी मोर्चा सडकमा उत्रीरहेका बेला छिटो भन्दा छिटो संविधान माग गर्दै हस्ताक्षर गर्नेमा सत्तासाझेदार कांग्रेस–एमालेसहित १० पार्टीका रहेका छन् । जुन पुर्ण बहुमतको आधार सहित समयमा नै संविधानको माग गरिरहेका छन् ।