छैटौं सिमरा गोल्डकप फुटबलमा आज त्रिभुवन आर्मी क्बल र सहारा क्बल पोखरा भिड्दै

माघ २, बारा-छैटौं सिमरा गोल्डकप फुटबलमा आज दिउँसो त्रिभुवन आर्मी क्बल र सहारा क्बल पोखराबीच प्रतिस्पर्धा हुँदैछ । बाराको सिमरा मैदानमा चलिरहेको प्रतियोगितामा हिजोको उद्घाटन खेलमा साविक विजेता नव जनजागृति युवा क्बलले विजयी सुरुआत गरेको थियो । हेटौंडाको एफसी पोताला क्बललाई ३–० गोलले हराउँदै जनजागृति विजयी बनेको थियो । मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।