समयमै संविधान जारी गर्नु पर्ने भन्दै युवा संघ नेपाल दबाब अभियानमा

माघ २, काठमाडौं- दलहरुले तोकीएको मिती माघ ८ मा नै संविधान जारी गर्नु पर्ने भन्दै आजदेखि युवा संघ नेपालले दबाब अभियान चलाउँदै छ । संविधान जारी गर्ने समयमा बन्द–हडताल घोषणा गरिएको भन्दै संघले संविधान निर्माणमा अवरोध नगर्न पनि आग्रह गरेको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र अन्य समूहले आह्वान गरेका बन्द घोषणा अविलम्ब फिर्ता गर्न अपिल गर्दै युवा संघले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुनिश्चित गर्दै ८ माघमै संविधान जारी गर्न पनि माग गरेको छ । विपक्षी दलले जनतासँग गरेको वाचा भुलेर संविधान रोक्न लोकतान्त्रिक दलहरूलाई धम्क्याएको उसको आरोप छ ।