आफ्नो घरमा आगो लगाउँदा जलेर महिला घाइते

माघ २, सिन्धुली -सिन्धुलीको निपाने २ कालापानीमा माद्यक पदार्थ सेवन गरी घरमा आगो लगाउदा एक महिला जलेर घाईते भएकी छिन् । स्थानिय डम्कल कुमरले माद्यक पदार्थ सेवन गरी घरमा ओगो लगाउदा ५५ वर्षिय श्रिमती कुश्मी कुमर घाईते भएकी हुन् । श्रीमती सँग झगडा गरी डम्कलले घरमा आगो लगाएपछि निभाउने क्रममा कुश्मीलाई आगोले भटेको स्थानियले बताएका छन् । घाईते कुशमीलाई उपचारको लागि बर्दिबास पठाइएको स्थानिय सारदा पोखरेलले जानकारी दिनुभयो ।