संविधानसभा अप्ठ्यारोमा, बिहान १० बजे बैठक बस्दै

माघ २, काठमाडौं- संविधानसभाको बैठक आज बस्दैछ । दलहरुबीच प्रक्रियामा जाने वा सहमतिमा जेठ ८ लाई पछि सार्ने विवादसँगै सुरु हुन लागेको संविधानसभाको बैठकले आज नियमावलीले दिएको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङल प्रश्नावली समिति बनाएर विवादित विषयलाई हल गर्ने तयारी गर्नुभएको छ । आजको संविधानसभा वैठकबाट समिति बनाए त्यसले तोकेको निश्चित दिनमा प्रश्नावली बनाएर पेस गर्नेछ । त्यसलाई बहुमतका आधारमा पहिलो मस्यौदा बनाउन संविधान मस्यौदा समितिमा पठाइनेछ । असहमति भएका विषयहरुको प्रश्नावली बनाउनुपर्ने र त्यसका प्रत्येका बुँदामा छलफल गरेर निर्णयार्थ संविधानसभामा पेश गर्ने, जे निर्णय लिन्छ त्यो अभिलेख गरेर मस्यौदा समितिलाई पठाउने प्रक्रियाका लागि कम्तिमा पनि दुई हप्ता आबश्यक हुने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका सचिव ठाकुरप्रसाद बरालले छोटो प्रक्रियामा जाँदा पनि माघ ८ मा संविधान सम्भव नभएकाले संविधानसभाले नियमावलीभित्रैबाट प्रक्रिया सुरु गर्ने तयारी गरेको जानकारी दिनुभयो । विपक्षी दलले भने प्रक्रियालाई राकेर सहमतिबाट माघ ८ गतेको मिति पनि सानुपर्ने बताइरहेको छ । दलहरुबीचको विवादका कारण संविधानसभा अप्ठ्यारोमा परेको छ । संविधानसभाको बैठक बिहान १० बजे बोलाइएको छ । हिजो तय गरिएको बैठक माघी परेकाले आजका लागि सारिएको थियो ।