शैक्षिक भ्रमणमा गएका विद्यार्थी चढेको बस पल्टियो

माघ १,काठमाडौं– भक्तपुरको सैनिक आवासीय महाविद्यालयको बस तनहुँमा पल्टिँदा २८ जना घाइते भएका छन् । पुस २७ गते शैक्षिक भ्रमणको सिलसिलामा सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु लिई पोखरा गएको बा १ ग २२४६ नम्बरको बस बिहीबार विहान ८ बजे पोखराबाट काठमाण्डौ फर्कने क्रममा मालेबगर–धारापानी खैरेनीटार सडक खण्डबाट २० मिटर तल खसेर दुर्घटना भएको नेपाली सेनाले जनाएको छ ।

घाइतेमध्ये ३ जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने २५ जनालाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । तीमध्ये ११ जना सामान्य उपचार पछि घर फर्किएको नेपाली सेनाले जनाएको छ ।