जर्बजस्ति प्रक्रियामा गएर संविधान घोषणागरे प्रतिकार गर्ने माओवादीको चेतावनी

माघ १, काठमाडौं- एकिकृत नेकपा माओवादीले सत्तारुढ दलले जर्बजस्ति प्रक्रियामा गएर संविधान घोषणा गर्न खोजे त्यस्को प्रतिवाद गर्ने निर्णय गरेको छ । सहमतीको प्रयास जारी राखीरहेकै बेला सत्तापक्षले जर्बजस्त पेलेर आवश्यक संख्याको दुहाइदिँदै प्रक्रिया अगाडी बढाएको भन्दै यस्को प्रतिकार गर्ने निर्णय गरेको हो ।

आज बिहान बसेको एनेकपा माओवादीको बैठकले पहिचान सहितको संघियता र संघियता सहितको संविधान बनाउन कडारुपमा प्रस्तुत हुनुपर्ने अवस्था आएपनि तयारी अवस्थामा रहने निर्णय गरेको छ । बैकठले सत्तारुढ दलहरुले परिर्वतनलाई आत्साथ गर्न नसक्दा मुलुकमा अस्थिरको विजारोपण भएको बताएको छ । एमाले कांग्रेस एकलौटी रुपमा संविधान जारी गर्न लागिपरेका भन्दै मुलुकको परिर्वतनलाई खाँचो रहेकाले अब आन्दोलनको विकल्प नभएको निष्कर्ष बैठकले निकालेको छ ।