बस र ट्रक ठोक्किँदा १५ जना घाइते

पुष ३०, काठमाडौं –  राजधानी नाका नागढुंगा–नौबीसे सडकमा बस र ट्रक एक आपसमा ठोक्किदा १५ जना घाइते भएका छन् । नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा बस र ट्रक जुध्दा १५ यात्रु घाइते भएका हुन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । बा ३ ख २३०० नम्बरको बस र ना४ख ५१ नम्बरको ट्रक जुध्दा दुर्घटना भएको हो ।