विरोध र प्रतिकारका बाबजुद माघ ३ र ५ को नेपाल बन्द फिर्ता

पुष ३०, काठमाडौं- विरोध र प्रतिकार भएपछि एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन र नेकपा(माओवादीले आब्हान गरेका बन्द फिर्ता लिएका छन्। उक्त वन्द फिर्ता लिदै ३० दलीय मोर्चा र वैद्य माओवादीले घोषणा गरेको नेपाल बन्दसमेत ‘मर्ज’ हुदै पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिसँग सहकार्य गरि माघ ६ गते संयुक्त बन्द गर्ने भएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ३० दलीय गठबन्धनले माघ ५ गते र नेकपा९माओवादीले माघ ३ गते नेपाल बन्दको आब्हान गरेका थिए। एमाओवादी अध्यक्ष प्रचण्ड, माओवादी अध्यक्ष मोहन बैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पदमरत्न तुलाधरसहितका नेताबीच बुधबार भएको छलफलमा ३ गतेको नेपाल बन्द सार्ने र एकै दिन बनाउने सहमति भएको एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले  बताए ।  पटक पटककोवन्दले आम जनातालाई सास्ती भएको भन्दै संयुक्त रुपमा बन्द गर्न लागेको जनाईएको छ ।