केही घण्टामै सकियो चार्ली हेब्डोको तीस लाख प्रति नयाँ अंक

पुष ३०, काठमाडौं -पछिल्लो समय आतंकवादी हमलामा परेको फ्रान्सको पत्रिका चार्ली हेब्डोको नयाँ अंक केही घण्टामै सकिएको छ । पत्रिकाको नयाँ तीस लाख अंक बजारमा आएको केही घण्टामा नै सबै प्रति बिक्री भएको बताइएको छ । पेरिसका पत्रिका पसलमा मानिसहरु पत्रिका किन्न लामवद्ध भएपनि नपाएको बताइन्छ ।

समाचार अनुसार कोही बिहान पत्रिका आउनु अघिनै लाइनमा लागेका थिए ।इरिक रान्डोल्फले बुधवार सबेरै ट्वीट गर्दै आफू बिहान पौने छ बजे पत्रिका पसल अगाडि लाइन लाग्दा ७० जना मानिस पुगेको बताएका छन् । तीस लाख प्रति छापिएको पत्रिका थप बीस लाख प्रति छाप्ने तयारी भइरहेको छ ।