पुलिस मनकामना केवलकार पोखरा कप फुटबलको फाइनलमा

पुष ३०, काठमाडौं – नेपाल प्रहरी क्लब पोखरामा चलिरहेको मनकामना केवलकार पोखरा कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–१ ले हराउँदै पुलिस फाइनलमा पुगेको हो ।

चौथो मिनेटमै भरत साहको गोलबाट पुलिसले अग्रता लिएपनि मनाङका अनिल गुरुङले १६ औं मिनेटमा खेल बराबरीमा ल्याए । तर १९ औं मिनेटमा जुमानु राईले गरेको गोल नै निणौयक सावित भयो ।

पुलिस आर्मीलाई र मनाङ सरस्वती क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए । अब पुलिस क्लबले उपाधिका लागि थ्रीस्टार र एपीएफ क्लबको विजेतासँग खेल्नेछ ।