‘फास्ट ट्रयाक’बाट संविधान जारी गर्ने कांग्रेस–एमालेको तयारी

पुष ३०, काठमाडौं -नेपाली काँग्रेस र नेकपा एमालेले प्रतिपक्षी टेढीँदै गएपछि सहमतीबाट संविधान जारी गर्न सम्भव नभएको भन्दै  ‘फास्ट ट्रयाक’बाट नयाँ संविधान जारी गर्ने तयारी थालेका छन् । प्रधानमन्त्रीको सरकारी  निवास बालुवाटारमा आज बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले प्रक्रियाबाट संविधान ल्याउने निर्णय गरेको हो । बैठकले प्रक्रियासँगै सहमतिको प्रयास भने नछाड्ने निधो पनि गरेको छ । बैठकमा एकीकृत माओवादीसहितका विपक्षी दलहरुले मंगलबार संविधानसभा बैठक बहिष्कार गरेकोबारे पनि समीक्षा भएको थियो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्द र हड्तालबाट सहमतिको संविधान नआउने भएकाले माघ ८ गते नै संविधान ल्याउने गरी दुई दल अगाडि बढ्ने जानकारी दिए ।