नेपाल–ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा चापागाइँ

पुष ३०, काठमाडौं-नेपाल–ब्राजिल उद्योग वाणिज्य संघमा  उद्यमी अखिल कुमार चापागाइँको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएका छन् ।  राजधानीमा एक कार्यक्रम गरी संघको औपचारिक घोषणा गरिएको संघको उपाध्यक्षमा उद्यमी मीनमान श्रेष्ठ, विनय उपाध्याय, एसके श्रेष्ठ चयन भएका छन् । संघको महासचिवमा किरण मुडबरी, कोषाध्यक्षमा उमेश रायमाझी र सचिवमा जय शिवाकोटी चयन भएका छन् ।

अध्यक्ष चापागाइँले दुई देशबीच विद्यमान व्यापार व्यवसायको अवस्थाबारे जानकारी गराउँदै नेपालको निर्यात र त्यहाँको लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा पछिल्लो समय ब्राजिल र नेपालबीचको व्यापार बढ्दै गएको पनि तथ्यांक प्रस्तुत गरियो । गत वर्ष ब्राजिलबाट ६ अर्ब रुपैयाँ बराबरको आयात भएको र १२ करोड बराबरको निर्यात भएको छ । नेपाल र बाजिलबीच द्धिपक्षीय व्यवसायिक तथा आर्थिक सम्बन्ध प्रवद्र्धनमा सघाउने लक्ष्यसहित अर्को द्धिराष्ट्रिय व्यवसायिक संगठन नेपाल–ब्राजिल उद्योग वाणिज्य संघ गठन गरिएको संघले जनाएको छ ।