आजदेखि रसुवामा कृषि मेला सुरु हुदै

पुष ३०,रसुवा-किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शनीका माध्यमबाट प्रतिस्पर्धा गराउने तथा कृषि उपजलाई बढावा दिने उदेश्यले रसुवामा पहिलो पटक आजदेखि कृषि मेला प्रर्दशनी सुरु हुदैछ । जिल्ला कृषि बिकास कार्यालय रसुवाको आयोजनामा लहरेपौवा गाविस वडा नं. १ बेत्रावतीमा गरिने मेला प्रदर्शनीमा जिल्लाको १८ वटै गाविसका किसाहरुले उत्पादन गरेका कृषि जन्य वाली, बस्तुको प्रदर्शनी र सुचनामुलक कृषि गीतमा आधारित सास्कृतिक कार्यक्रम समेत हुने बताइएको छ । दुई दिन चल्ने मेलामा खाद्यान्न वाली, तरकारी वाली, फलफुल वाली नगदे वाली,दलहन वाली आलु बाली र अन्य वालीहरु समाबेश गरिने जिल्ला कृषि बिकास कार्यालय रसुवाले जानकारी दिएको छ । प्रचारप्रसारको माध्यमबाट किसानको उत्पादनलाई बजारसम्म पुयाई बढी भन्दा बढी मूल्यमा बिक्रि गराउने अभिप्रायले मेलाको आयोजना गरिएको जिल्ला कृषि बिकास कार्यालयका भिष्म बस्नेतले बताउनुभयो । मेलामा प्रथम,द्धितिय, तृतीय र सान्वना हुने कृषकहरु तथा साँस्कृतिक कार्यक्रमका प्रति समुहलार्ई नगद तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ ।