कांगे्रस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

पुष ३०,काठमाडौँ-नेपाली कांगे्रसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठकमा संविधान निर्माणका बारेमा पार्टीले गरिरहेको पहल र भूमिका लगायतका विषयमा छलफल हुने भएको छ । साथै अहिलेसम्म भइरहेका प्रगतिबारे जानकारी गराउँदै सभासद् तथा केन्द्रीय सदस्यहरुबाट सुझाव पनि लिइने कांगे्रसले जनाएको छ । संयुक्त बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सभासद् जगदीश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।