विपक्षी ३० दलीय मोर्चाको पनि आज छुट्टै बैठक बस्दै

पुष ३०,काठमाडौँ- एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको पनि आज छुट्टै बैठक बस्दैछ । बहुमतीय प्रक्रियामा जाने कांगे्रस एमालेको निष्कर्ष अमान्य हुने भन्दै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिए । मोर्चाको बैठक बिहान ९ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । अन्तिम पटकका लागिभन्दै संविधानसभाले दिएको दुई दिने भाकामा पनि संवाद समितिले कुनै सहमति जुटाउन नसकेपछि संविधान निर्माण प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारेमा टुङ्गो लाग्न सकेको छैन । संविधान जारी गर्न तोकिएको माघ ८ आउन अब ८ दिन बाँकी छ ।

यसैबीच सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा रामवरण यादवसँग भेट गर्दै हुनुहुन्छ । बिहान ९ बजेपछि हुने भेटमा संविधान निर्माणको काममा भइरहेको प्रगतिबारे जानकारी गराउनु हुने बताइएको छ । संविधानसभा सचिवालयले यो नियमित भेट भएको बताएको छ ।