२ दलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

पुष ३०,काठमाडौँ- संविधानका विवादित विषयमा सहमति गर्न नसकिरहेका दलहरु आज आ आफ्नै छलफलमा रहने भएका छन् । सत्तारुढ नेपाली कांगे्रस र नेकपा एमालेको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सहमतिको संभावना लगभग सकिएको निष्कर्ष निकालेका दुई दल बहुमतीय प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने रणनीतिको खोजीमा लागेका छन् । त्यसका लागि अब के गर्ने भन्ने बारेमा छलफल हुन लागेको एमाले उपाध्यक्ष भीम रावलले सीआईएनलाई जानकारी दिनुभयो ।