नेतालले भनेका माघ ८ को संविधान खैः जनता

पुष ३०,काठमाडौँ-नयाँ संविधान जारी हुँने मिती माग ८ आउँन अब आठै दिन मात्र बाँकी रहँदा अब संविधान नबन्ने पक्का पक्की जस्तै बनेको छ । प्रमुख राजनीतिक दरुले विववादीत विषयमा सहमती निकाल्न नसक्दा जनतामाथि नयाँ संविधानको आसा लगभग समाप्त जस्तै बनेको हो । प्रमुख राजीतिकदल नेपलाी कांग्रेस, नेकपा एमाले, एमाओवदी र मधेस केन्द्रित दल विच संयौ पटक बैठक तथा छलफल भए पनि विवादीत विषय विवादमा नै रहँदा संविधान निमार्णमा कठिनाई भएको छ । राज्यको पुनरसंरचना, शासकीय स्वरुप, न्याय प्रणालीजस्ता मुद्दामा मुख्य दलहरुले फरकफरक अवधारणा र अडान राख्दै आएका छन् । तीस दलीय मोर्चाले पहिचानसहितको आठ प्रदेशको अवधारणा सहित नौबुँदे प्रस्ताव अघि सारेको छ भने कांग्रेस एमालेले ६ प्रदेशभन्दा माथि जान नसकिने अडान राख्दै आएका छन ।

सहमतीका लागी राजनीतक सम्वाद तथा सहमती समितीले पटक पटक गरेको सहमतीको प्रयास विफल भए पछि हिजो उहि पुरानो विवादीत विषय संविधान सभा अध्यक्ष समक्ष पेस भए पछि प्रमुख दलहरु दुई मतमा बाँढिएका छन् । सत्तापक्ष अब प्रक्रिया सुरु भएको र प्रक्रियाबाट नै संविधान जारी हँुने बताई रहेका छन भने प्रतिपक्ष जबरजस्ती प्रक्रियामा लगेर संविधान बनाए झन आन्दोलन चर्काउँने पक्षमा रहेका छन् । सत्ता पक्षले जबरजस्ती पहिचान विनाको संविधान बनाउँन लागेको भन्दै एकीकृत माओवादीसहितका गठबन्धनले संविधानसभाको हिजोको बैठक बहिष्कार गरेका थिए । प्रतिपक्षले हिजोकौ बैठक बहिस्कार गरे पनि संविधान सभामा सम्पाद समितीको प्रतिवेदन पेस भए पछि अब प्रक्रिया सुरु भएको सत्ता पक्षले जनाएका छन् ।
सत्ता पक्षले माग ८ मा संविधानको खाका भए पनि ल्याउँनु पेर्न भन्दै भोली अर्थात माघ १ गते बस्ने संविधासभाको बैठकबाट प्रक्रिया सुरु हुने जनाएका छन् । प्रतिपक्ष दल भने विना सहमतीको संविधान बनाउँन नदिने भन्दै आन्दोलनमा जुटेका छन् । हिजो पनि प्रतिपक्षदलहरुले उपत्यका लगायत देशै भरी बन्दको आयोजना गरेका थिए ।
यसैविच संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आगामी माघ ८ मा संविधान जारी हुने सम्भावना नरहेको बताउनुभएको छ । नेम्वाङले दलहरुबीच बढेको तिक्तता र चिसोपनाले माघ ८ मा संविधान जारी हुने सम्भावना नरहेको बताउनु हो ।